काठमाडौं । अफगानिस्तानको पन्जसिर उपत्यकामा ३ सय तालिबानी लडाकू मारिएको छ ।
पन्जसिरका लडाकुले बाटोमा तालिबानका लडाकुलाई हमला गरेको र त्यस क्रममा तालिबानका ३ सय लडाकु मारिएको दाबी गरिएको हो । तालिबान पन्जसिर मामिला चाडो हल गर्ने पक्षमा छन् ।
पन्जसिर लडाकुलाई शान्त पारिएन भने तालिबानलाई सरकार सञ्चालन गर्न कठिन हुनेछ । पन्जसिरमा तालिबानले अहिलेसम्म कब्जा गर्न सकेको छैन ।यता, एक हप्तादेखि अफगानिस्तान कब्जा गरेको तालिबानले चाडै आफ्नो सरकार घोषणा गर्ने सम्भावना छ । तालिबानका प्रवक्ता बजिउल्लाह मुजाहिदले टोलो न्युजसंग नया“ सरकार गठनका लागि अफगानिस्तानका नेताहरूसंग संवाद भइरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्