ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट तनहुँमा १०४ जनाको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं । वैशाख यता तनहुँमा कोरोना सङ्क्रमणबाट १०४ को मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सुरु भएपछि जिल्लाका १०४को मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । भानु नगरपालिका सात, व्यास नगरपालिकाका २६, शुक्लागण्डकी नगरपालिकाका ४१, भिमाद नगरपालिकाका १५, म्याग्दे गाउँपालिकाका ६, घिरिङ गाउँपालिकाका चार, देवघाट गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका तीन र आँबुखैरेनी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

पाँच पालिका उच्च जोखिममा

तनहुँमा दैनिक रुपमा कोरोना सङ्क्रमणको जोखिम बढ्दो छ । निषेधाज्ञा जारी भए पनि सर्वसाधारणबाट लापरबाही बढेकाले कोरोना सङ्क्रमणको जोखिम बढिरहेको हो ।स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ छ । वैशाख यता जिल्लाका चार हजार ७८६ कोरोनाबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये चार हजार २४५ सङ्क्रमणमुक्त भएका छन् ।

दश स्थानीय तहमध्ये पाँच स्थानीय तह उच्च जोखिममा छन् भने पाँच स्थानीय तह मध्यम जोखिममा रहेको कार्यालयका प्रमुख शङ्कर बाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका कोरोनाको उच्च जोखिममा छ । घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका मध्यम जोखिममा छन् ।

भानु नगरपालिकाका ३१७, व्यास नगरपालिकाका एक हजार ६०६, शुक्लागण्डकी नगरपालिकाका एक हजार २७२, भिमाद नगरपालिकाका ४९०, म्याग्दे गाउँपालिकाका ४३९, घिरिङ गाउँपालिकाका १३४, ऋषिङ गाउँपालिकाका ८३, देवघाट गाउँपालिकाका ७८, बन्दीपुर गाउँपालिकाका २५८ र आँबुखैरेनी गाउँपालिकाका १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये भानुमा २५७, व्यासमा एक हजार ३९१, शुक्लागण्डकीमा एक हजार १२५, भिमादमा ४५१ र म्याग्देमा ३९५ जना सङ्क्रमणमुक्त भएका छन् । घिरिङमा १२६, ऋषिङमा ७९, देवघाटमा ७२, बन्दीपुरमा २५२ र आँबुखैरेनीमा ९७ जना सङ्क्रमणमुक्त छन् ।

जिल्लामा यस अवधिमा छ हजार १०५ जनाको पीसीआर र छ हजार ६०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमण हुने दर भानु नगरपालिकामा बढी छ । उक्त नगरपालिकामा कूल परीक्षणको ५५।८१ प्रतिशतमा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् ।

“निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणबाट स्वास्थ्य मापदण्ड अपनाएको देखिएको छैन,” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, “यसलाई कडा नगरिए स्थिति राम्रो हुँदैन ।” निषेधाज्ञा खुकुलो भए पनि कोरोना जोखिम नघटेकाले स्वास्थ्य मापदण्ड अपनाउन अधिकारीले आग्रह गर्नुभयो । “स्वास्थ्य मापदण्ड अपनाए मात्रै कोरोना सङ्क्रमण न्यूनीकरण हुन्छ, लापरबाही गर्नुभएन,” अधिकारीले भन्नुभयो, “यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com