ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइजरमा आक्रमणमा परी २३ जना बालबालिका मारिए


एबीसी / संवाददाता
भाद्र ३, २०७८ बिहीबार  ७ : ११ बजे

नाइजर । नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये २३ जना बालबालिका रहेका छन् भने चार महिला रहेको अधिकारीहरुले जानकारी दिएका छन् । घटना देशको तिल्लाबेरी क्षेत्रमा सोमबार भएको पनि उनीहरुले बताएका छन् ।

बालबालिकासहित माथि भएको आग्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले कडा आपत्ति जनाएको छ । युद्धसँग असम्बन्धित र हतियारविहीन मानिसमाथि अनाहकमा आक्रमण हुनु मानव अधिकारको ठाडो उल्लङ्घन भएको युनिसेफको भनाइ छ । तिल्लाबेरीमा यो वर्ष सन् २०२१ मा मात्रै अहिलेसम्म तीन पटक आक्रमण भइसकेको छ । यो क्षेत्र बालबालिकाका लागि अति खतरापूर्ण देखिएको जनाइएको छ । युनिसेफलगायत अन्य विभिन्न निकायहरुले बालबालिकासहित सबै मानिसको सुरक्षाका लागि पटकपटक आह्वान गरेका छन् ।विषेश गरेर बालबालिका र महिलाको सुरक्षाको विषय अझ संवेदनशील भएकाले त्यसतर्फ सबै तत्काल संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ छ ।उनीहरुले अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता, मानव अधिकारलगायतको ख्याल गर्न पनि आक्रमणकारीहरुलाई आग्रह गरेका छन् ।

“बालबालिकाको हत्या अक्षम्य अपराध हो, निकृष्ट अपराध हो, यस्ता घटना आगामी दिनमा नदोहोरियोस् भन्ने चेतावनी दिन चाहन्छौँ,” युनिसेफद्वारा जारी वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com