ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र


एबीसी / संवाददाता
भाद्र २, २०७८ बुधबार  ६ : ३७ बजे

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त्यहाँ आएका हुन् ।

तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यस लगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरु त्यहीँ रहेका छन् । अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले सो कुरा बताएका छन् । उनीहरुले काबुलका विभिन्न खुल्ला क्षेत्र र विमानस्थलमा हजारौँ नागरिकको भीडभाड रहेको छ । उता अफगानिस्तानको राजधानी काबुल नै तालिबानले कब्जा गरेपछि विदेशी नागरिक पनि आफ्नो देश फर्किन काबुलको विमानस्थलमा जम्मा भएका छन् । आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । ती अफगान र विदेशी नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाइएको छ ।

उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको सो एजेन्सीले जानकारी दिएको छ । उपस्थित ठूलो संख्याका विदेशी नागरिक स्वदेश फर्किन चाहे पनि आवश्यक मात्रामा उडान नहुँदा समस्या भएको छ । केही मात्रामा विदेशी नागरिकको संख्या घटेको भए पनि अझै धेरै मानिस त्यहाँ रहेका राजधानी काबुलबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com