हाइटी । हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पका कारण अहिलेसमम्म २७७ जनाको मृत्यु भएको पुष्टि भएको छ । हैटीको नागरिक सुरक्षा सेवाले यो जानकारी दिएको हो । भूकम्पका कारण सयौं मानिस घाइते र बेपत्ता भएका छन् । हताहती हुने मानिसको संख्या बढ्न सक्ने बताइएको छ । हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।
राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौं मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो । ११ वर्ष अघिको भूकम्पको पुनःनिर्माण नसकि“दै फेरि अर्को शक्तिशाली भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्