ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 क्यानेडेली नागरिकलाई कानुन बमोजिम कारवाही गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयको दावी


एबीसी / संवाददाता

बेइजिङ, २८ साउन:

चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानून विपरित गतिविधि गरेको भेटिएकोले उहाँमाथि कारबाही भएको बताएको छ ।

“चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो,” चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बिहीबार पत्रकारद्वारा स्पाभरीविरूद्धको कारबाहीबारे सोधिएको प्रश्नको जवाफ दिँदै भन्नुभयो ।

चीनको एक अदालतले स्पाभरीलाई जासुसी गरेको आरोपमा हालै दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।

प्रवक्ता ह्वा छुन यिङले भन्नुभयो, “क्यानाडाले उसका केही सहयोगी मुलुकलाई हातमा लिएर गरी चीनको अदालतले चीनमा भएका क्यानेडेली नागरिकलाई ऐन बमोजिम कारवाही गरेकोमा प्रश्न गर्नु गलत हो । यसले चीनको कानुनी सार्वभौमिक अधिकारको हनन भएको छ । चीन यसको कडा शव्दमा निन्दा गर्छ । सम्बन्धित मुलुकहरुले कानुन बमोजिम प्रशासन गर्ने भावना गरी चीनको कानुनी सार्वभौमिकताको सम्मान गरी गैरजिम्मेवार भनाइ रोक्न हामी आग्रह गर्दछौँ ।

चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रुपमा राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा दोषी ठहरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका थिए । अदालतले उहाँको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको बताइएको छ ।

अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानाडेलीमध्ये स्पाभरी एक हुनुहुन्छ । यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने चीनले आफ्ना नागरिकलाई सुनाइएको सजायको फैसला बदलाको भावले उत्प्रेरित रहेको बताउनुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com