ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पढे पनि पास र नपढे पनि पास’ : देश र समाजलाई ठूलो क्षति


एबीसी / संवाददाता

काठमाडौँ, २५ साउन।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको आन्तरिक मूल्याङ्कनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल समस्या ल्याउने चेतावनी दिएका छन् । एसईईको नतिजा पश्चात् आफ्नो धारणा राख्दै अध्यक्ष पौडेलले आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताए ।

उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्याङ्कन हुन नसक्ने प्रस्ट पारे ।यो पद्धतिले विद्यार्थीहरुमा पढे पनि पास र नपढे पनि पास भन्ने मानसिकता बढाउने उल्लेख गर्दै उनले भविष्यमा यसबाट मुलुकलाई ठूलो क्षति हुने बताए । शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । उनले परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणीसमेत गरे । ‘यो किसिमको निर्णय पोलिटिकल लिडरशीपले गर्ने हो,’ उनले भने, ‘निरक्षर मानिसले हाईस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन, अवस्था डरलाग्दो छ ।’

तल्लो लेभलमा क्लास अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ टिचरलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको तर त्यो कसरी गर्ने भन्नेबारे शिक्षकलाई थाहै नभएको उनको भनाइ छ । उनले भने, ‘शिक्षकले नै नजानेपछि भनेजसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकोले पास गरेको भन्छ, पढे पनि पास र नपढेपनि पास गर्दै ऊ हाइस्कूलसम्म पुग्छ ।’उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजसमात्र आउने बताए । आन्तरिक मूल्याङ्कनले दिने नतिजाले अपजसभन्दा पनि धेरै विकराल समस्या आउने उनको भनाइ छ । यसले देशको शिक्षा प्रणाली र मुलुकको विकास प्रक्रियामा गम्भीर असर पार्ने उनले बताए । राजनीतिक नेतृत्वले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने उनले प्रस्ट पारे ।

‘बोर्डले अपजस बोक्दैमा राज्यको अवस्थामा परिवर्तन आउने भए त अपजस लिनु हुन्थ्यो, तर यो यथार्थ हो कि, त्यसले दिने रिजल्ट अपजसभन्दा धेरै विकराल छ,’ उनले भने, ‘त्यो विकराल रिजल्ट देशले व्यहोर्नुपर्छ, तत्काललाई त बोर्डले अपजस लेला तर देशले दिने रिजल्टको भागिदार मुलुक हुन्छ, मुलुकको शिक्षा प्रणाली हुन्छ, डेभलपमेण्ट प्रक्रिया हुन्छ, यो डरलाग्दो छ ।’त्यसैगरी उनले बोर्डले गर्न चाहेर पनि सरकारको निर्देशनका कारण कक्षा १२ को परीक्षा हुन नसकेको बताए ।

उनले देशैभर परीक्षा सञ्चालन हुने केन्द्रहरुमा स्वास्थ्य सावधानी र थप मापदण्ड बनाएर परीक्षा सञ्चालन गर्न सकिने विश्वाससमेत व्यक्त गरे ।कोरोनाको संक्रमणको जोखिमको कारणले यस अघि कक्षा १२ को परीक्षा दुई–दुई पटक रोकिएको भन्दै उनले बोर्डले परीक्षाका लागि सम्पूर्ण तयारी गरे पनि एमसीसीले मन्त्रालयमार्फत् हालका लागि परीक्षा स्थगित गर्न निर्देशन दिएपछि परीक्षा रोकिएको बताए ।‘पहिलो पटक परीक्षा तालिका सार्वजनिक गरेपछि दोश्रो चरणको लकडाउन भयो, त्यसपछि सबै अवस्था सामान्य भएपछि परीक्षा सञ्चालन गर्न लाग्दा कोभिडको तेस्रो लहरको शंका गर्न थालियो,’ उनले भने, ‘तर अवस्था त्यस्तो देखिँदैन, केही घटबढ भइरहेको छ, समाजमा एक किसिमको त्रास बढ्दै गएकोले हामी अन्तिम तयारी हुँदाहुँदै पनि सरकारको निर्देशनपछि परीक्षा रोकियो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com