ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोग र एमालेबीच बढ्दो द्वन्द्व, के हो विवादको चुरो


admin

काठमाडौं, १७ पुस । निर्वाचन आयोग र एमालेबीच बढ्दो द्वन्द्व, विवादको चुरो यस्तो छ
प्रतिनिधिसभा निर्वाचनको नतिजा घोषणालाई लिएर नेकपा एमाले र निर्वाचन आयोगबीच विबाद देखिएको छ । राष्ट्रिय सभाको निर्वाचन अगावै प्रतिनिधि सभाको नतिजा घोषणा नगर्ने आयोगको भनाइलाई लिएर एमालेका नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि विबादले जरो गाडेको हो ।

यससंगै आयोगका पदाधिकारी र एमालेका नेताहरुबीच सार्वजानिक रुपमै एक अर्काप्रति आक्रामक टिका टिप्पणी शुरु भएको छ । निर्वाचन आयुक्त डा।अयोधी प्रसाद यादवले प्रतिनिधीसभा निर्वाचनको समानुपातिक तर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुको अरोपको खण्डन गर्दै कानुनी प्रक्रिया केके छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको आइतबार एक कार्यक्रम माझ टिप्पणी गरेका छन् ।

यता एमालेका नेता एवंम् पूर्व सभामुख सुवास नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको आरोप लगाएका थिए ।

उनले झापाको दमकमा आयोजित एक कार्यक्रममा भने,‘आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस् । राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुन्छ । नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन ।’

के हो त विवादको चुरो ?

नेकपा एमालेका नेताहरुले राष्ट्रिय सभा नभएपनि सरकार गठन गर्न मिल्ने तर्क गरिरहेका छन् । निर्वाचन आयोग भने संविधानममा भएको व्यबस्था अनुसार राष्ट्रिय सभाको निर्वाचन भएपछि मात्र प्रतिनिधि सभाको सम्पूर्ण नतिजा सार्वजनिक गर्न मिल्ने बताउँदै आएको छ ।
नेपाली कांग्रेसका नेताहरु पनि राष्ट्रिय सभाको चुनाव भएपछि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्ने बताउँदै आएका छन् । निर्वाचन आयोगले माघ २५ गतेका लागि राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको समाचारहरु सार्वजनिक भएका छन् ।

आयोगले राष्ट्रिय सभा चुनावका लागि केही दिन पहिले दल दर्ता गर्न आग्रह गरेको थियो ।
आयोगले भनेजस्तै राष्ट्रिय सभाको चुनाव गरेर प्रतिनिधि सभाको नतिजा सार्वजनिक गर्दा नयाँ सरकार गठन नयाँ वर्षमा धकिलिने एमालेको विश्लेषण छ । सरकार गठनमा ढिलाइ हुँदा वामपन्थी गठबन्धन भाड्न चलखेल हुने एमाले–माओवादी नेताहरुको चिन्ता छ ।

लामो समय राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश पास भएपनि राजनीतिक दल र संविधानविद्हरुबीचको राय भने बाझिएको छ । प्रधानमन्त्रीको नियुक्ति राष्ट्रियसभाको निर्वाचनपछि कि त्यसअघि नै भन्ने विवाद देखिएको छ ।

संविधानको धारा ८४ को उपधारा ८ मा ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई सदस्य महिला हुनुपर्नेछ’ भनिएको छ ।
यसरी निर्वाचित गर्दा उपधारा १ को खण्ड क र धारा ८६ को उपधारा २ को खण्ड क बमोजिम निर्वाचित सदस्यहरु मध्ये कुनै एक दलको एक तिहाई महिला सदस्य निर्वाचित हुन नसकेमा त्यस्तो दलले उपधारा १ को खण्ड खबमोजिम सदस्य निर्वाचित गर्दा आफ्नो दलबाट संघीय सदस्यमा निर्वाचित हुने कुल सदस्यको एक कम्तिमा एक तिहाई महिला सदस्य हुने गरी निर्वाचिचत गर्नुपर्नेछ’ भन्ने व्यवस्था संविधानमा गरिएको छ ।

निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेले नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रियसभा आवश्यक नभएको तर्क गरेको छ ।

‘निर्वाचन भइसकेपछि निर्वाचनको परिणाम तुरुन्तै ल्याउने र त्यस बमोजिमको परिणमलाई निश्कर्षमा पुराउने सरकारको प्रक्रिया हो । तर सरकार अचम्मसँग बसेको छ । निर्वाचन परिणाम आइसक्यो जित्नेहरुलाई बधाइ सम्मपनि दिदैन सरकार’ नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले लोकान्तरसँग भने, ‘अध्यादेश प्रमाणिकरण भएपनि नभएपनि सरकार निर्माणको प्रक्रिया रोक्न मिल्दैनथ्यो । अब प्रमाणिकरण भइसकेपछि अब त झन् रोक्न मिल्दै मिल्दैन ।’

त्यस्तै कानूनविद खिमलाल देबकोटाले पनि संविधान अनुसार नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रिय सभाको निर्वाचन आवश्यक नभएको तर्क गरेकाछन् ।

निर्वाचनको नतिजा सार्वजनिक गर्न एमाले–माओवादीले सृजना गरेको दवावपछि आयोगले तत्काल मतपरिणम सार्वजनिक गर्ला कि राष्ट्रिय सभाको चुनाव पछि मात्र प्रतिनिधि सभाको नतिजा सार्वजनिक होला ? पूर्ववत निर्णयमा आयोगले अडान कायम राख्यो भने नयाँ सरकार गठनका लागि कम्तिमा पनि अरु डेढ महिना कुर्नु पर्नेछ ।

आज ३ बजे आयोग जादैँ शिर्ष नेता

प्रतिनिधिसभातर्फको समानुपातिक सांसद सिफारिस गर्न तथा नयाँ सरकार गठन गर्न नमिल्ने तर्क गर्दै आएको आयोगलाई ध्यानाकर्षण गराउनको लागि आज बामगठबन्धनको उच्चस्तरीय संयुक्त टोली निर्वाचन आयोग जादैछ ।

आज दिउँसो ३ बजे निर्वाचन आयोग पुगेर एमाले र माओवादी केन्द्रसहित उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसंग छलफल
गर्ने एमालेका सचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।

 

अनलाईनको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो वर्षा: नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com