ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचार खर्च नपाउँदा घरकै ओछ्यानमा छटपटाउँदै बालिका


एबीसी / संवाददाता

काठमाडौं । आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् ।

गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् । तत्कालै स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । बालिकाको अवस्था निकै चिन्ताजनक भएपछि अस्पतालले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिश गरेपनि अर्थाभावले परिवारले अस्पताल पु¥याउन सकेका छैनन् । बालिकाका बुवाआमा असक्त अवस्थाका हुनुहुन्छ । मनिषाका ठुलोबुवा पुष्कर भण्डारीले उपचार खर्च जुटाउन नसक्दा घरमै राख्नुपरेको बताउनुभयो ।

“घरमा दैनिक हातमुख जोर्न धौधौ छ”, उहाँले भन्नुभयो, “बालिकाका आमाबुवाको अवस्था पनि उस्तैछ । कहीँकतैबाट सहयोग छैन।उपचार खर्च जुटाउन नपाउँदा घरमै राखेका छौँ । उपचार नपाएरै छोरी मर्ने भइ ।” बालिका कालिका आधारभूत विद्यालयमा कक्षा४मा अध्ययनरत छिन् । घाइते बालिकाका अभिभावकले उपचार खर्च जुटाई सहयोग गरिदिन दातृ निकायसँग आग्रह गर्नुभएको छ ।

पूर्वमन्त्री साउदद्वारा अक्सिजन कन्सन्टे«टर हस्तान्तरण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपि साउदले शुक्लाफाँटा नगरपालिकालाई बुधबार पाँचवटा अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख दिलबहादुर ऐरलाई पूर्वमन्त्री साउदले अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गर्नुभएको हो । तीन ठूलो र दुई सानो अक्सिजन कन्सन्टे«टर मेसिन पूर्वमन्त्री साउदले हस्तान्तरण गर्नुभएको छ । प्रवासी नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्टे«टर उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

सो अवसरमा पूर्वमन्त्री साउदले कोरोनाका सङ्क्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्सन्टे«टर इमर्जेन्सीका रूपमा प्रयोग हुने भएकाले अस्पतालसम्म बिरामीलाई पु¥याई ज्यान बचाउन सकिने उल्लेख गर्नुभयो । हावालाई फिल्टर गरी शुद्ध अक्सिजन बिरामीसम्म पु¥याउने कार्य अक्सिजन कन्सन्ट्रेटरले गर्ने भएकाले गम्भीर अवस्थाका बिरामीका लागि यो मेसिनले सघाउ पु¥याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com