ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचार खर्च नपाउँदा घरकै ओछ्यानमा छटपटाउँदै बालिका


एबीसी / संवाददाता
श्रावण २१, २०७८ बिहीबार  २ : ३३ बजे

काठमाडौं । आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् ।

गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् । तत्कालै स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । बालिकाको अवस्था निकै चिन्ताजनक भएपछि अस्पतालले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिश गरेपनि अर्थाभावले परिवारले अस्पताल पु¥याउन सकेका छैनन् । बालिकाका बुवाआमा असक्त अवस्थाका हुनुहुन्छ । मनिषाका ठुलोबुवा पुष्कर भण्डारीले उपचार खर्च जुटाउन नसक्दा घरमै राख्नुपरेको बताउनुभयो ।

“घरमा दैनिक हातमुख जोर्न धौधौ छ”, उहाँले भन्नुभयो, “बालिकाका आमाबुवाको अवस्था पनि उस्तैछ । कहीँकतैबाट सहयोग छैन।उपचार खर्च जुटाउन नपाउँदा घरमै राखेका छौँ । उपचार नपाएरै छोरी मर्ने भइ ।” बालिका कालिका आधारभूत विद्यालयमा कक्षा४मा अध्ययनरत छिन् । घाइते बालिकाका अभिभावकले उपचार खर्च जुटाई सहयोग गरिदिन दातृ निकायसँग आग्रह गर्नुभएको छ ।

पूर्वमन्त्री साउदद्वारा अक्सिजन कन्सन्टे«टर हस्तान्तरण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपि साउदले शुक्लाफाँटा नगरपालिकालाई बुधबार पाँचवटा अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख दिलबहादुर ऐरलाई पूर्वमन्त्री साउदले अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गर्नुभएको हो । तीन ठूलो र दुई सानो अक्सिजन कन्सन्टे«टर मेसिन पूर्वमन्त्री साउदले हस्तान्तरण गर्नुभएको छ । प्रवासी नेपालीहरुको सहयोगमा अक्सिजन कन्सन्टे«टर उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

सो अवसरमा पूर्वमन्त्री साउदले कोरोनाका सङ्क्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्सन्टे«टर इमर्जेन्सीका रूपमा प्रयोग हुने भएकाले अस्पतालसम्म बिरामीलाई पु¥याई ज्यान बचाउन सकिने उल्लेख गर्नुभयो । हावालाई फिल्टर गरी शुद्ध अक्सिजन बिरामीसम्म पु¥याउने कार्य अक्सिजन कन्सन्ट्रेटरले गर्ने भएकाले गम्भीर अवस्थाका बिरामीका लागि यो मेसिनले सघाउ पु¥याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com