ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरिएको मोटरसाइकलसहित भक्तपुरबाट तीन पक्राउ


एबीसी / संवाददाता
श्रावण १७, २०७८ आईतबार   २ : १०   बजे

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ ।उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ । चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोशाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

सोही क्रममा गएराति मोटरसाइकलसहित भक्तपुरबाट रामेछापका दीपेन्द्र भुजेल, ताप्लेजुङका विशेष लिम्बू र धनुषाका विकल थापालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । भक्तपुरका वासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ मा हराएको मोटरसाइकल उनीहरुले नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला पारिएको थियो ।

अर्को पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा९६ प ८८३६ को मोटरसाइकल पनि नम्बर परिवर्तन गरेको अवस्थामा भेटिएको थियो । मोटरसाकलसहित तीनैलाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ ।

गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ व्यक्तिलाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी एकाइमा पठाइएको छ । सोही वर्ष हराएका ३९७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group