काठमाडौं । प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६÷७७’ पेश गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिनको १ः०० बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्