ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा


एबीसी / संवाददाता

रामपुर । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हँुदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् ।

यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालयमा प्रमुखविहीन भएको छ ।यस कार्यालयमा सेवा प्राप्त गर्न नसकेपछि नागरिकहरु सदरमुकाम तानसेन नै पुग्नुपरेको छ । सडकको समस्याका साथै टाढा भएकाले खर्चिलो हुँदा यहाँका स्थानीयवासीले सास्ती बेहोर्नु परेको रामपुरकी शिवकुमारी वाग्ले बताउनुहुन्छ ।“सिंहदरबारको अधिकार गाउँगाउँ भने पनि बेलाबेलामा कर्मचारी समस्याले हामी गाउँका नागरिकले समस्या भोग्नु परेको छ, वर्षायामको समय सदरमुकाम आउनजान सडक भत्किने, पहिराको समस्या, अर्कोतर्फ सदरमुकामसम्म आवतजावतको खर्चले नागरिक मारमा परेका छन्”, उहाँले भन्नुभयो ।

गृह मन्त्रालयको २०७७ साल चैत १६ को निर्णयानुसार यस इलाका प्रशासन कार्यालय रामपुरमा प्रमुख तोकिएको भनिए पनि अहिलेसम्म आइपुगेका छैनन् । कार्यालय प्रमुख कहिले आउने भन्ने बारेमा जानकारी केही नभएको कार्यालयका खरिदार आशिष श्रेष्ठ बताउनुहुन्छ ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले पटकपटक इलाका प्रशासनमा कर्मचारी पठाउन खोजिएको तर सरुवा भएका कर्मचारी जान नमानेपछि समस्या भएको बताउनुहुन्छ ।कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको पाण्डेयले बताउनुभएको छ ।

“कार्यालय प्रमुखमा हाल निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालको दरबन्दी परेको छ, अर्याल आफैँले पहिला रामपुरमा सरुवाको माग गर्नुभयो तर अहिले उहाँले जान नमानेपछि कार्यालय प्रमुखको समस्या परेको छ, अब हामी हप्तामा एकपटक कार्यालयबाट सेवा दिने प्रयासमा लाग्नेछौँ”, प्रजिअ पाण्डेयले भन्नुभयो ।आर्थिक वर्षको अन्तिम समयमा गत असार १० गते जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई आर्थिक कारोबार सञ्चालन गर्ने गरी कार्यभार तोेकेर काम गरेको छ ।पूर्वी पाल्पावासीलाई सहज सेवा उपलब्ध दिने उद्देश्यले स्थापना गरिएको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । यसभन्दा अघि यहाँको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा मङ्गलबार र बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट खटिएर नागरिकता, द्रुत राहदानी सेवा, जनजाति प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणलगायतका सेवा दिने गरिएको थियो । अहिले भने यी सेवासम्बन्धी व्यवस्था नहुँदा सदरमुकाम तानसेन नै जानुपर्ने समस्या हट्न सकेको छैन ।

यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा लिइरहेका छन् ।यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठजना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल एक, कार्यालय सहयोगी दुईजनाको दरबन्दी छ हाल यस कार्यालयमा स्थायी दरबन्दीमा एक खरिदार कर्मचारी, करारमा एक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगी रहेका छन् । सह–लेखापाल श्रीकृष्ण न्यौपाने गत फागुन ७ गते सरुवा भएर काठमाडौँ गएपछि मालपोत कार्यालयका कर्मचारी सुरेशप्रसाद गैरेले मालपोत र इलाका प्रशासन कार्यालयमा सेवा दिँदै आउनुभएको छ । जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका नागरिकलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले सो कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com