ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी


एबीसी / संवाददाता

बाँके । बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको बाँकेमा हुनसक्ने धनजनको क्षतिलाई कम गर्न यसवर्ष आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्नुका साथै बाढीबाट सर्वसाधारणलाई जोगाउने पर्याप्त पूर्व तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

उहाँका अनुसार, बाँकेमा गृह मन्त्रालय, केयर नेपाल र एक्सन एड नेपाललगायतका सङ्घ संस्थाले विभिन्न किसिमका २२ हजार ७६९ थान विपद् उद्धार तथा राहत सामग्री भण्डारण गरिएको छ । नेपालगञ्जस्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको भण्डारण कक्षमा १०० सेट गैर खाद्य सामग्री तयारी अवस्थामा रहेको छ, भने नेपाल खाद्य संस्थान नेपालगञ्जमा ३५० मेट्रिक टन खाद्यान्न, साल्टट्रेडिङमा ३० हजार मेट्रिक टन नून मौज्दात छ । बाढी र डुबानबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरेर र राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, डुडुवामा तीन, नेपालगञ्जमा दुई र अन्य स्थानीय तहमा एक–एकवटा गरी बाँकेका आठ वटै स्थानीय तहमा १९ वटा हेलिप्याड तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाढी र डुबानबाट हुनसक्ने जोखिमको पूर्व तयारीस्वरुप बाँकेमा १२ थान रबरबोट तयारी अवस्थामा राखिएको छ । बाढीपीडितको उद्धारमा खटिनका लागि दुई हजार ५५० तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा रहेको छ । समितिका अनुसार नेपाली सेनाका ११५ जना जनशक्ति तालीम प्राप्त छन् ।

यस्तै, नेपाल प्रहरीसँग १५ जना, सशस्त्र प्रहरीसँग ५० जना र नेपाल रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थासँग २७३ जना तालीम प्राप्त जनशक्ति मौजुद रहेका छन् । यस बाहेक नेपाली सेनाका एक हजार, नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका ८०० र रेडक्रस सोसाइटी, बेस, बिगु्रप, बाँके युनेस्को क्लब, आइएनएफ आदि संस्थाका ५० जना जनशक्ति उद्धारमा खटिन तयारी अवस्थामा रहेको विपद् व्यवस्थापन समितिका सूचना अधिकृत ज्ञवालीले बताउनुभयो ।

राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्शाङकन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो ।जिल्लामा सबैभन्दा धेरै राप्ती सोनारीका नौवटै वडाका ४३ गाउँ, नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् । बैजनाथ गाउँपालिका वडा नं २, ३, ४, ५, ६, ७ र ८ वडाका केही स्थान बाढीको जोखिममा रहेको ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, जानकी गाउँपालिका– वडा १ एकको साइगाउँ, शिवपुरी, पन्चपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com