काठमाडौं । मध्य चीनमा बाढीको कारण १२ जनाको ज्यान गएको छ । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीबाट जोगाउन एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले बाढी नियन्त्रणको अवस्था निकै कमजोर रहेको बताएका थिए ।बाढीको कारण ठूलो जनधनको क्षति भएको जिनपिङले बताएका छन् । उनले मानिसको ज्यान र सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिन सबै निकायलाई निर्देशन दिएका छन् ।
यसपटक शताब्दीकै ठूलो बाढी आएको बताइएको छ ।चिनियाँ सहरको सडक तथा रेल स्टेसनमा मानिसको छातिसम्म पानी आउने गरी बाढी आएको केही भिडियोमा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्