काठमाडौ, १६ पुस । प्रदेश राजधानीको चर्चासँगै जग्गाको मुल्य पनि आकाशिएको छ । मुस्किलले २ देखि ३ लाख रुपैया पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको छ । प्रादेशिक राजधानी बन्ने चर्चासंगै जग्गाको मुल्यमा पनि बृद्धि आएको हो ।
सरकारद्धारा गठित उच्चस्तिरीय समितिले सम्भावित राजधानी प्रदेश १ को लागि सुनसरी, प्रदेश २ को लागि जनकपुर, प्रदेश ३ को लागि काठमाडौं, प्रदेश ४ को लागि पोखरा, प्रदेश ५ को लागि दाङ, प्रदेश ६ को लागि सुर्खेत र प्रदेश ७ को लागि धनगढीलाई प्रस्ताव गरेको छ ।
मुस्किलले २ देखि ३ लाख रुपैयाँ कट्ठा पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको दाङ घोराही उपमहानगरपालिका ७ का स्थानियले बताए ।
यस्तै सुर्खेतमा ३ लाख मिटर पर्ने जग्गा अहिले ५ देखि ६ लाखमा कारोबार भइरहेको छ ।
जनकपुरमा ३० देखि ३५ लाख प्रति कट्ठा पर्ने जग्गा राजधानी बन्ने चर्चा भएसँगै बढेर ४० लाख पुगेको छ ।
सुनसरीमा केहीअघि ७० लाख सम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोडसम्म पुगेको छ । धनगढीमा पनि जग्गाको कारोबारमा विगतको भन्दा वृद्धि भएको छ ।
काठमाडौं केन्द्रीय राजधानी भएकाले जग्गा कारोबारमा खासै प्रभाव परेको छैन ।
पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा जग्गा खण्डीकरण गर्न रोक लगाएकाले जग्गाको कारोबार भएको छैन । त्यसैले पोखराकोे जग्गाको भाउ भने अहिलेसम्म यथास्थितिमै छ ।
प्रतिक्रिया दिनुहोस्