काठमाडौं, २७ असार। बागलुङका किसानले आधुनिक प्रबिधिको प्रयोग गरेका तरकारी उत्पादन गरिरहेका छन् । हाइड्रोपोनिक, मल्चिङ, थोपा सिचाई, टनेल, हाइटेक, बायो चार लगायतका प्रबिधिको प्रयोग गरी थोरै लागतमा धेरै तरकारी उत्पादनमा किसानलाई सफलता मिलेको छ ।
परम्परागत खेतीलाई बिस्थापित गर्दै बागलुङका किसान आधुनिक प्रविधिमार्फत तरकारी उत्पादन गर्न थालेका छन् । बागलुङका किसान माटो बिनाको ुहाइड्रोपोनिक, प्लास्टिक बिछ्यार गरिने मल्चिङ बिधि, थोपा सिचाई, टनेल, बिरुवालाई भेन्टिलेटरसहितको हाइटेक र कोइला र पानीको माध्यमबाट गरिने बायो चार प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दै आएका छन् ।
प्रविधि प्रयोगबाट उत्पादन बढी हुने, रोग कम लाग्ने, छोटो समयमा फल फल्ने, जनशक्ति कम लाग्ने एक पटक लगाएपछि लामो समयसम्म टिकाउ हुने, मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने लगायतका लाभ लिन सकिने भएपछि किसानको आकर्षण आधुनिक खेती प्रणालीमा बढेको हो ।
किसानले प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दै आएका छन् । जिल्लामा १ हजार जना किसान आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्दै आएका छन् । किसानलाई प्रबिधिको विकास गरी तरकारी खेतीमा प्रबर्द्धन गर्न जिल्ला कृषि ज्ञान केन्द्रले २ लाख ५० हजारदेखि ५ लाखसम्म अनुदान समेत दिदै आएको छ । बागलुङका अधिकांश किसान परम्परागत खेती त्याग्दै आधुनिक प्रबिधिको प्रयोग गरिरहेका छन् । व्यावसायिक खेतीमै किसानको लगानी पनि बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस्