काठमाडौं, २७ असार, । नेकपा (एमाले)को एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलको बैठक अगाडि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छलफल भएको थियो ।कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ । शनिबार कार्यदलको बैठकपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।
’आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने कार्यदलका नेताहरुले बताएका थिए ।
हिजो दुवै पक्षका नेताहरुले आज बिहान ८ बजे बैठक बसेर एकता सम्बन्धी सहमतिको घोषणा गर्ने बताएका थिए । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्