काठमाडौं, २६ असार । सिन्धुपाल्चोकमा बाढीपीडितहरुको अवस्था बुझेर काठमाडौं फर्किएपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका पुग्नुभएको छ । स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री साँझ राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएको हो । प्रधानमन्त्री कार्यालयले यो नियमित भेटघाट भएको हो ।सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन गरेर फर्केपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शनिवार साँझ शीतलनिवास पुग्नुभएको हो ।
शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीसँगै सिन्धुपाल्चोक गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिका र नगरपालिकामार्फत वितरण हुनेछ ।








प्रतिक्रिया दिनुहोस्