ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोपबहादुर रायमाझीको आरोप : प्रचण्ड स्वघोषित नेता मात्रै हुन्


एबीसी / संवाददाता
असार २६, २०७८ शनिबार  ४ : ०५ बजे

काठमाडौँ, २६ असार । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाउनुभएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमाले प्रवेश गर्नुभएका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरूले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताउनुभएको हो ।

काठमाडौँमा शनिवार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गर्नुभयो । उहाँले विगत ३३ वर्षदेखि विना विचार तथा विधि र प्रक्रियाविना नै अध्यक्ष दाहाल स्वघोषित रूपमा नेतृत्वमा बसिरहेको आरोप लगाउनुभयो । उहाँले दाहालको कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको बताउनुभयो ।

नेता रायमाझीले भन्नुभयो, ‘गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कतिऔँ पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो रु जुन पार्टीको नेता ३३ वर्षसम्म कुनै विचार, कुनै विधिविना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ । अझै शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरङ्कुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुँदै गयो । किन कमजोर भयो रु विचारमा, विधिमा ध्यान गएन । कार्यशैली पनि ठिक भएन । चिन्तनमा पनि ठिक भएन । त्यस कारणले पार्टी तुइँदै तुइँदै गएपछि पार्टी कमजोर भयो । यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले रु’

माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्शन गर्नुपर्छ भनेर आफूहरू सङ्घर्ष गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकूल भएको दाबी उहाँले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

सम्बन्धित

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

प्रधानमन्त्री बालेनको शपथमा यसकारण गएनन् ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com