ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार वर्षाको सम्भावना : सर्तक रहन आग्रह


एबीसी / संवाददाता

काठमाडौं, २५ असार । यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् । मनसुन सुरु भएको एक महिना लगातार वर्षा हुँदा पनि ‘मनसुन ब्रेक’ नभएको यो वर्षको मनसुनी वर्षाले लगातार तीन महिनासम्म नै आफ्नो प्रभाव जमाउन सक्ने अनुमान मौसमविद्हरूको छ ।

मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “मनसुन सुरु भएको केही समयपछि मनसुनी वर्षा ब्रेक हुनुपर्ने हो तर यस वर्ष त्यो देखिएको छैन । ” उहाँका अनुसार केही दिनका लागि वर्षा ठ्याम्मै रोकिएर आकाश खुल्ने गरेको विगतका मौसमी प्रवृत्तिले देखाएका छन् । यो वर्ष मनसुन ‘ब्रेक नभई’नै दोस्रो महिनाको उकालो चढिसकेको छ ।

विगतका वर्षमा हप्ता वा पन्ध्र दिनको आसपासमा मनसुन ब्रेक हुने गरेको थियो । यस वर्ष एक महिनासम्म पनि वर्षा रोकिएको छैन । मौसमविद्ले भनेजस्तै एकाध घण्टा घाम झुल्किए पनि मौसममा सुधार भएर चकमन्न घाम नलागेको एक महिना बढी भइसकेको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार मौसम पूरै खुल्नेभन्दा पनि शुक्रबारदेखि हल्कादेखि मध्यम वर्षाको अवस्थामा परिणत हुनेछ । उहाँले भन्नुभयो, “हल्का सुधार त देखिन्छ तर वर्षा नै रोकिने सम्भावना कम छ । ”

बढ्दै छ नदी सतह

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार बिहीबार देशभर पूर्ण बदली रही धेरै स्थानमा ठूलो वर्षा भएको छ । विशेष गरी प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको महाशाखाका अनुसार अझै केही दिन देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार रातिदेखि बिहीबारसम्मको वर्षाले देशका ठूला, मझौला र साना नदीहरूको बहाव उच्च भएको छ ।

शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको खतरा कायमै रहेको जनाइएको छ । शनिबार पनि यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने भएको छ ।

बिहीबारदेखि कोसी नदी र सहायक नदी सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण, तमोर नदीको जल बहाव बढ्दो छ । त्यस्तै नारायणी नदी र यसका सहायक नदीहरू त्रिशूली, बूढीगण्डकी, कालीगण्डकीलगायतका नदीहरूको बहाव उच्च बनेर सतर्कता तह पार गर्नसक्ने खतरा बढेको छ ।

तराई जाने नदीहरू बागमती, कमला, कन्काई, पूर्वी राप्ती, तिनाउ नदीमा उच्च बहाव हुने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम जुवाले अनुरोध गर्नुभएको छ । पछिल्लो समय चितवनको माडी र नवलपरासीको नवलपुर क्षेत्रमा भारी वर्षा भएको रेकर्ड भएको छ । जसका कारण ती क्षेत्रका स्थानीय नदीमा उच्च बहाव बढेर गाउँ पस्ने खतरा भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com