ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले नेता नेपालले मागे पार्टीमा ओलीकै हैसियत, एमालेको निर्णयमा दुवै नेताको हस्ताक्षर हुनुपर्ने बटमलाईन


एबीसी / संवाददाता

काठमाडौं, २४ असार  ।  कपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमै रहन तीन शर्त अघि सार्नु भएको छ । काठमाडौँको मेरियट होटलमा बुधवार साँझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा बरिष्ठ नेता नेपालले तीन शर्त अघि सार्नुभएको हो ।

नेता नेपालले सरकारले गर्ने सबै नियुक्तिमा भागवण्डा हुनुपर्ने, महाधिवेशन अघि नै दोस्रो भए पनि पार्टीको अध्यक्ष बनाउनुपर्ने र संगठन परिचालनमा बरावरी हिस्सतासहितको अधिकार दिनुपर्ने तीन शर्त राख्नुभएको हो । ओली र नेपालबीच मेरियटमा साँझ साढे ७ बजेदेखि २ घण्टा छलफल चलेको थियो । छलफलअघि नै नेता नेपालले आफू निकट नेताहरुसँग अध्यक्ष ओलीले पार्टीमा फर्काएर आफूलाई भूमिका बिहीन बनाउने भन्दै दह्रो अडान राख्ने बताउनु भएको थियो । नेता नेपालले पार्टी सञ्चालन र हरेक निर्णयमा राजनीतिक तथा कानूनी मान्यता हुनेगरी ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने बताउनुभएको छ । यो उहाँको बटमलाईन भएको नेपाल निकट नेता बताउछन् ।

नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष दुईमध्ये एक पद ओलीले छाड्नुपर्ने अडान राख्नुभएको छ । पछिल्लो समय वार्ता टोलीका नेताहरुबीच भएका अनौपचारिक छलफल र सहमतिका प्रयासप्रति नेपालले उदासीनता प्रकट गर्दै आउनुभएको छ । ओलीसँग भेट्न समेत नचाहेका नेपालले आफूनिकट नेताहरुको आग्रह र दबाबमा बुधवार राति भेट्नुभएको हो । ओलीले आफूलाई विपक्षी गठबन्धनबाट अलग गराउने चालबाजीका रुपमा मात्र वार्तालाई प्रयोग गर्न खोजेको नेपालको आशंका छ ।

वार्तामा सहभागी एक नेताले भन्नुभयो– वार्ता टोलीले काम त गरिरहेको छ, तर समस्या वार्ता टोलीमा होइन बाहिर छ । वार्ता टोलीले पार्टीलाई विधिसम्मत चलाउने र जेठ २ बाट अघि बढाउने सन्दर्भमा सहमति जुटाएको छ । तर माधव कमरेडले ओली बराबर पार्टी सन्चालनमा आफ्नो हिस्सा माग्नुभयो, जुन कुरा वार्ता टोलीले गर्न सक्दैन ।स्रोतका अनुसार नेपालले प्याकेजमा सहमति हुनुपर्ने भन्दै सर्वोच्च अदालतको फैसलाअघि जसरी पनि विपक्षी गठबन्धनबाट आफूहरुलाई अलग गराउनमात्र खोजेको हो भने त्यसमा नफस्ने बताएका छन् । उनले ओलीको आफूलाई कत्ति पनि विश्वास नरहेकोले प्याकेजमै लिखित सहमति हुनुपर्ने भन्नुभएको छ । नेपाल निकट स्रोतले भन्यो– केपी ओलीको नियत फैसलाअघि एमाले एकठाउँमा छ भनेर देखाउनेमात्र हो । माधव नेपाल यसमा प्रष्ट हुनुहुन्छ । मिलेको भोलिपल्टबाट एकलौटी निर्णय गर्न थालिहाल्छन् । चुनावमा जाँदा माधव नेपालका मान्छेलाई टिकटनै दिदैनन्, त्यसैले दुवै नेताको हस्ताक्षर भएको निर्णयमात्र कानूनी रुपमा मान्य हुने ग्यारेन्टी हुनुपर्छ भन्ने कुरा हो । एमालेको विधानअनुसार दुई अध्यक्ष रहने व्यवस्था छैन । तर राजनीतिक सहमति भएमा विधान संशोधन गर्ने वा विधान अधिवेशनबाट त्यस्तो व्यवस्था गर्न सकिने तर्क पनि आएका छन् । तर ओलीले नेपालको शर्त मानेका छैनन् ।

ओली निकट स्रोतका अनुसार माधव कमरेडको विधि पद्धति भनेको आफूलाई विधानमै नभएको दोस्रो अध्यक्ष र बराबरी हिस्सेदारी रहेछ । यो दुनियाँ हसाउने कुरा हो । उहाँलाई मिल्नै मन छैन, कार्यदलमा भएका साथीहरुले अब के निर्णय गर्छन् भन्ने हो, उहाँले वार्तामा बस्दा समेत विभिन्न एजेन्सीका मान्छेहरुसँग परामर्श गरिरहनुभएको छ । ओलीले विपक्षी गठबन्धन छाडेको घोषणा गर्नुपर्ने कुरालाईमात्र शर्तका रुपमा अघि सारेको तर पार्टीलाई विधि विधानअनुसार संस्थागत निर्णयका आधारमा चलाउने कुरामा चासो नदिएको नेपाल पक्षको आरोप छ । आफू तल पर्ने अवस्था आएपछि ओलीले वार्तालाई दाउपेचको रुपमा लिएको र माधव नेपालले पद मागेको भनेर गलत हल्ला चलाएको नेपाल निकट स्रोतले जनाएको छ । कार्यदलमा रहेका नेताहरुले भने जेठ २ मा फर्काएर पार्टीलाई अघि बढाउने सन्दर्भमा सहमति नजिक पुगे पनि पावर शेयरिङको विषय ओली र नेपाल दुईजनाबीच समझदारी भएमात्र सम्भव रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com