ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक पुस्तामै विद्वान् तयार गर्न सकिँदैन – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, २४ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले एक पुस्तामै विद्वान् तयार गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्वजहरूले कैयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताउनुभएको हो ।

मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्दै जानुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली , पहाडी र तराईको हावापानीअनुसारका वस्तु उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, एक पुस्तामा नै मेहनत गरेर विद्वान् हुन सकिँदैन । पुस्तादेखि पुस्ताको मेहनतबाट मात्रै विद्वान् हुन सकिन्छ । हामीहरूले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभेटिभ पावर । मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौँ । हाम्रोजस्तो देशमा हामीले असाधारण ढङ्गले काम गर्न सक्छौँ ।

प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण र संवर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा पुराना ज्ञानहरू अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधि कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाउनुभयो ।

मैले हिजो बेलुका मात्रै एक जना साथीलाई भनेँ, मैले हेर्न त हेरिनँ, उहाँले जनै खटिरा भन्नुभयो । पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा अनि मैले उहाँलाई एउटा औषधि चाहिँ बताइदिएँ । म आफैँलाई पानीसरा भएको थियो । पानीसरा अत्यन्तै पोल्छ । दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र त्यसले उच्च ज्वरो आउँछ । साधारण औषधि कालो तिल आफैँले चपाएर थपक–थपक लगाइदियो भने, बिरामीले चपाउन पनि आनन्द मान्छ । र चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदियो भने । लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा, फोका फोका, त्यो जिलजिल गर्ने फोका समाप्त हुन्छ र बिस्तारै त्यो केही घण्टाभित्र सुक्छ । त्यो मैले अरू ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो ।

सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तिनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरूको तिखो आलोचना गर्ने गर्नुभएका प्रधानमन्त्री ओली बिहीवारको कार्यक्रममा भने जडीबुटीको उपयोगिता, नयाँ आविष्कार तथा परम्परागत औषधिको बेलिविस्तार लगाउनुभयो । उहाँले पूर्वजहरूको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको स्पष्ट पार्नुभयो । कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com