काठमाडौं, २४ असार । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको ज्यान गएको छ । नौगाड गाउँपालिका ३ मा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ७२ वर्षीया गेउली ठगुन्ना र उहाँकी तीन महिनाकी नातिनी मन्जरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै नौगाड ३ कै २९ वर्षीय लक्ष्मण सितौलीको पनि पहिरोमा परेर ज्यान गएको छ । बाढी र पहिरोले ज्यामिर जलविद्युत् आयोजनाको पावर हाउस बगाएको छ ।त्यस्तै नौगाड ६ मा पानी घट्ट, तीन वटा पुल र खानेपानी आयोजना बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नरेन्द्रबहादुर चन्दले जनाकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्