काठमाडौं, २४ असार । नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले छिट्टै सहमतिमा पुग्न लागेको बताउनुभएको छ । बिहीबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै बिष्टले वार्ता निकै सकारात्मक भएको बताउनुभयो । ‘आज साँझ वा भोलि बिहान पनि हुनसक्छ, समय भन्न सक्दिनँ तर छिट्टै सहमतिमा पुग्छौं,’ बिष्टले भन्नुभयो े। कार्यदलको बैठक केहीबेर बसेर सकिएको हो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आजै साँझ ७ बजे फेरि बस्ने गरी बैठक सकिएको हो। कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन। करिब २ महिनापछि भएको ओली र नेपालबीचको छलफललाई कार्यदलका सदस्यले सकारात्मक रूपमा लिएका छन्। यद्यपी उक्त छलफलमा दुबैले आ(आफ्नो अडान नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो।








प्रतिक्रिया दिनुहोस्