पाल्पा, २४ असार । पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।गएरातीदेखिको अविरल वर्षासंगै आधा दर्जनबढी स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । सो राजमार्गको राम्दीदेखि सिद्धबाबासम्म आधा दर्जनबढी स्थानमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सो राजमार्गको तिनाउ गाउँपालिका अन्तरगतको कालीमाटी, हिउँदेखोला, झुम्सा, दोभान,लामेदमार, सिद्धबाबा, तथा रम्भा गाउापालिकाको वडा नं. ३ पिपलडाडाँ, वडा नं. ४ सेरामा पनि पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । अहिले पनि निरन्तर पानी परेका कारण सडक खुलाउन समेत समस्या भएको र प्रहरि पनि घटना स्थल पुग्न नसकेको जनाएको छ ।सडक अबरु हुदा पाल्पा गुल्मी अर्घाखाँची स्याङ्जा कास्की पर्वत र बागलुङ सम्म पुग्ने सवारी साधन र यात्रु अलपत्र परेका छन।
प्रतिक्रिया दिनुहोस्