टीकापुर, २३ असार ।। कैलालीमा दुई दिनदेखि बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । सोमबारदेखि बेपत्ता भएका टीकापुर नगरपालिका–१ का तीन वर्षीय विवेक बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोमवार विहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षे छोरा विवेंक विष्ट २४ घण्टादेखि हराएका हुन् । बाघमारा–४ को जमरा खोलामा बालक भेटिएको हो र थप अनुसन्धान भैईरहेको ईलाका प्रहरी कार्यालय प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभयो । उनका आफन्त बमबहादुर विष्टका अनुसार दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा आफन्तको घर गएपछि बालककी आमाले त्यहाँ जाँदा विवेंक त्यहाँ नगएको थाहा भएपछि आफन्तले खोजी तिब्र पारेका थिए । इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तले आरोप लगाएका छन् । ‘करिब १ बजेको समयमा प्रहरीलाई खबर गरेका थियौं, दुई जना प्रहरीलाई मात्रै खटाए’ विष्टले भन्नुभयो ‘साँझ साढे ५ बजे आफै प्रहरी कार्यालयमा पुगेर डिएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको हो ।’ नाटकीय रुपमा नाबालक हराएपछि खोजी कार्यका लागि भन्दै गए रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारी टीकापुरमा खटिएका छन् । घटनामा दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीले अनुसन्धान शुरु गर्नुभएको छ । घर नजिकैबाटै दिनदहाडै नाबालक नाटकीय रुपमा हराएपछि यस क्षेत्रका बालबालिका तथा अभिभावकमा त्रास फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्