काठमाडौं, २३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो । ओली र नेपालबीच काठमाडौंको होटल मेरियटमा दुवै पक्षका सहकर्मीहरुका साथमा भेटवार्ता गर्नुभएको थियो । वार्तामा केही समयमा दोस्रो तहका नेताहरूले ब्रफिङ गर्नुभएको थियो भने पछि दुबै नेताले वान टु वान वार्ता गर्नुभएको सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले दुबै नेताको बीचमा सकारात्मक कुराकानी भएको र भोलि सबै विषय टुंगिने बताउनुभयो । भोलि दिउँसो कार्यदलको बैठकपछि पुनः दुइ नेताको छलफल हुने संयुक्त विज्ञप्ति आउने स्रोतले जनाएको छ ।ओलीका तर्फबाट सुवास नेम्वागं, विष्णु पौडेल र इश्वर पोखरेल तथ नेपालका साथमा भीम रावल र सुरेन्द्र पाण्डे सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्