काठमाडौं, २३ असार । लमजुङमा बुधबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको काप्रेचौर आसपास केन्द्रविन्दु बनाएर दिउँसो ३ बजेर ५७ मिनेटमा ४।२ म्याग्नेच्युडको भूकम्प गएको हो।भूकम्पबाट क्षति भएको विवरण आएको छैन। गत सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३।२ म्याग्नेच्युडको भूकम्प गएको थियो।
प्रतिक्रिया दिनुहोस्