काठमाडौं, २२ असार । असार २२ गतेदेखि उपत्यकामा यातायातका साधनमा जोरबिजोर अन्त्य गरिएको छ । जोरबिजोर लागू नगरिएपछि बिहानैदेखि काठमाडौंमा सवारी साधन बाक्लो देखिएको हो । गएको वैशाख १६ गतेदेखि शुरु भएको निषेधाज्ञा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मङ्गलबारदेखिे निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको थियो । निषेधाज्ञा यही असार ३१ गतेसम्म लागू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्