काठमाडौं, २१ असार । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको हो।कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल हुनुहुन्छ ।
यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहनुभएको छ । यसमध्ये मन्त्रीपरिषदको नियमित बैठक भएकाले अर्थमन्त्रीसमेत रहेका पौडेल अनुपस्थित हुनुहुन्छ । जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन। यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच कुराकानी भएको थियो। बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल व्यूउँताउन सुझाव दिनुभएको थियो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा परेका हस्ताक्षर फिर्ता लिनुपर्ने बताउनुभएको थियो तर रावलले हस्ताक्षर अदालती प्रक्रियामा गएकाले हस्ताक्षर फिर्ता लिन नसकिने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्