काठमाडौं, २१ असार । चितवनको राप्ती नगरपालिकाबाट नौ दिनदेखि बेपत्ता युवतीको शव स्थानीय जंगलमा फेला परेको छ ।नौ दिनदेखि हराइरहेकी चितवनकी सुजिता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार आइतबार अपराह्न शव भेटिएको थियो । शव साँझ मात्र सुजिताका परिवारले पहिचान गरेका थिए । एसपी अधिकारीका अनुसार सुजिताले बेपत्ता भएकै दिन दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएको अनुसन्धानबाट खुलेको छ ।
त्यस लगत्तै परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन् । सोही दिन उनले १२ बजे दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।घटना लगत्तै घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीसमेत अनुसन्धानमा खटिए पनि केही सुराक भेटाउन सकेको थिएन । आइतबार जंगलमा च्याउ टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान जारी नै रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्