काठमाडौं, २० असार। काठमाडौं उपत्यकामा अब टेम्पो र माइक्रो बस पनि चल्ने भएको छ । यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब असार २२ देखि भने टेम्पो र माइक्रो बस पनि चल्ने भएका हुन् ।
यस्तै निषेधाज्ञा असार ३१ गतेसम्म थपिएको छ । निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन। जोर—बिजोर प्रणाली पनि हटाइएको छ । अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि सकिन्छ।
प्रतिक्रिया दिनुहोस्