काठमाडौं, १८ असार । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउनुभएको हो । जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ । उहाँसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्