काठमाडौं, १८ असार । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी हुनुभएको छ । नेता माधवकुमार नेपाल पक्षलाई पनि डाकिएको थियो तर सहभागी हुनुभएको छैन। बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल पक्षका तीन जना नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट पुग्नुभएको थियो । छलफल गरेरै नै पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरेर उहाँहरु फर्किनुभएको छ । यसअघि विहीबार राती प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरी बैठकमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्