एजेन्सी । इजरायलको रक्षा मन्त्रालयका वैज्ञानिकहरुले दुश्मन सेनाबाट छिप्ने खास प्रकारको खोल तयार गरेका छन् । यस खोलले शरीर छोप्ने बित्तिकै लगभग व्यक्ति अदृष्य हुन्छ । यो एक चट्टान जस्तै देखिन्छ । यो नेट दुश्मन सेनाबाट बचाउन सैनिकहरुका लागि बनाइएको हो ।यसलाई दुबै तर्फ लगाउन मिल्छ । यसको दुबै तर्फ फरक फरक डिजाइन गरिएको छ । पहिलो साइड धना हरियो जङ्गल र दोस्रो तर्फ सुख्खा जमिन वा मरुभूमीका लागि तयार गरिएको छ । यसलाई लगाएपछि कुनै पनि थर्मल डिटेक्टरले पनि पत्तो पाउँदैन ।इजरायली रक्षा मन्त्रालयको रिसर्च एण्ड डेभलपमेन्ट युनिटको साझेदारीमा यो इनोभेटिव मेटेरियल तयार गरिएको बताइएको छ । यसलाई लगाएपछि कुनै पनि दूरबीनले पनि पत्ता लगाउन सक्दैन । यसको नाम किट–३०० दिइएको छ ।यसको तौल ५०० ग्राम मात्र रहेको छ । यो यतिधेरै हलुका भएकाले युद्धक्षेत्रमा सैनिकलाई लगाएर हिँड्न सजिलो छ । यो घाइते सैनिकका लागि स्ट्रेचरको पनि काम गर्ने बताइएको छ । यो पूर्णरुपमा वाटरप्रूफ र २२५ किलोसम्मको वजन उठाउन सक्नेछ । सैनिक यसलाई कम्बलको रुपमा पनि प्रयोग गर्न सक्दछन् ।
प्रतिक्रिया दिनुहोस्