ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा एमाले केन्द्रीय कमिटीको बैठक शुरु, बामदेव सहभागी, दुई बुँदा देखाएर माधव पक्षले गर्‍यो बहिष्कार


एबीसी / संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । तर, उपाध्यक्ष गौतम भने बैठकमा सहभागी हुनुहुन्छ । बिहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन कुराकानी भएको थियो ।

टेलिफोन गरेर बैठकमा सहभागी हुन प्रधानमन्त्रीले गरेको आग्रह नेपालले अस्विकार गर्नुभयो । एक दिनको परिभाषा नमिल्दा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले बहिष्कार गरेको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी क्रियाशील गराइए पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नभएको तर्क नेपाल पक्षको छ ।

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बीहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको बैठकले गरेका दुई बुँदे निर्णय सार्वजनिक भएको छ । जसमा सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पुर्‍याएको उल्लेख छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘पार्टी विधानविपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिँदैन ।

वार्ता र सहमतिबाट समस्याको समाधान खोजिनुपर्छ ।’ माधव पक्षको बैठकले गरेको दोस्रो निर्णयमा एमालेलाई एकताबद्ध रूपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता र सहमतिको प्रक्रिया अवलम्वन गरिनुपर्ने उल्लेख छ ।आवश्यक तहको सहमति तथा स्थायी कमिटी बैठकमा आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने नेपाल पक्षको लिखित निर्णयमा उल्लेख छ ।आवश्यक तहको सहमति भन्नाले केपी ओली र माधव नेपालबीच वार्ता भएर त्यस आधारमा मात्र बैठक बोलाउनुपर्छ भन्न खोजिएको नेपाल पक्षका एक नेताले बताए ।

नेपाल पक्षले २०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा बसेको केन्द्रीय कमिटी बैठकपछि मात्र समावेश गरिनुपर्ने सर्त राखेको छ ।त्यस्तै रामबहादुर थापा बादलसहित माओवादी पक्षबाट नेकपा विघटनसँगै एमाले बनेका नेताहरूलाई पनि एमालेको जेठ २ को बैठकपछि मात्र कमिटीमा सामेल गर्न सकिने नेपाल पक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com