काठमाडौं, १८ असार । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका विपक्षी राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट आज बहस सकिँदै छ। महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिलपछि बुधबारदेखि निजी वकिलले बहस गरिरहनुभएको छ । उहाँहरुले आज डेढ घण्टा बहस गरेपछि तोकिएको समय सकिनेछ। त्यसपछि सभामुखका तर्फबाट बहस सुरु हुनेछ। प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट बहस गर्न अझै १३ अधिवक्ता सूचीमा छन्। उहाँहरूमध्ये तीन जनालाई १० मिनेट र १० जनालाई ७ मिनेटका दरले समय तय गरिएको छ। वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणि अधिकारी र अधिवक्ता ईश्वरीप्रसाद भट्टराईका लागि १० मिनेटका दरले बहस गर्न समय तोकिएको छ। त्यसपछि अधिवक्ताहरु भोजराज आचार्य, बाबुराम दाहाल, सीपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोख्रेल, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, धर्मराज रेग्मी, अनन्त लुइँटेल र लोकनाथ खरेलले क्रमशः ७ मिनेटका दरले बहस गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्