काठमाडौँ, १८ असार । अविरल वर्षाले भक्तपुरका केही ठाउँमा डुबान भएको छ । गएराती परेको भारी वर्षाका कारण भक्तपुरका हनुमानघाट, बाराही लगायतका क्षेत्र डुबानमा परेका हुन् । भक्तपुरको हनुमानघाट क्षेत्रका केही ठाउँमा डुबान भएको स्थानीयले बताएका छन् ।
स्थानीयअनुसार हनुमानघाटमा बाढी आउँदा डुबान भएको हो । डुबान भएपछि आवतवाजत गर्न भक्तपुरका स्थानीयलाई समस्या भएको छ । भक्तपुरका धेरै खोलामा बाढी आएको छ । बाढी आउँदा खोलाआसपासका क्षेत्रमा डुबान भएको छ ।खोला नजिकै घर बनाउँदा घरहरु डुबानमा पर्ने गरेका छन् । ठूलो पानी पर्दा खोलामा बस्ती बनाएकै कारण भक्तपुर डुबानमा पर्ने गरेको हो ।
फोटो लक्ष्मी रञ्जितको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्