चितवन, १८ असार । नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ ठूलो ढुंगा खसेको छ । पहिरोले सो सडक बिहीबार सबेरैदेखि अवरुद्ध थियो । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाको टोली दुई नम्बर पुल, पाँच किलो, जलबिरे, केराबारी र १७ किलोको पहिरो सफा गरेर फर्कने क्रममा साँझ सवा सात बजे फेरि १४ किलोमा ठूलो ढुंगा खसेको हो । पहाडबाट निकै ठूलो ढुंगा सडकमा बजारिँदा खाल्डो नै भएको थियो ।ग्राभेल हालेर खाल्डो पुरेर एकतर्फी यातायात चलेको छ ।तर ब्रेकरको सहायेगले मात्र ढुंगा फुटाउन सकिने हुँदा पूरै ढुंगा हटाएर दुईतर्फी यातायात चलाउन समय लाग्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्