ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्र र राष्ट्रियताको पक्षमा गठबन्धन उभिएको हो – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
असार १६, २०७८ बुधबार  ६ : ५४ बजे

काठमाडौं, १६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान अवस्थामा संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षका आफूहरुको गठबन्धन उभिएको बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा पाँच विपक्षी गठबन्धनले नागरिक आन्दोलनका अगुवा, लेखक र बुद्धिजीविहरुसँग छलफल गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था नभएको असंवैधानिक गतिविधिहरु गर्नुभएको उहाँले आरोप लगाउनुभयो । छलफलमा अगुवाहरुले उठाएको प्रश्नहरुको प्रतिक्रिया दिँदै प्रचण्डले सबै नेताहरु उस्ता–उस्तै हुन्छन् भनेर नसोच्न समेत पुनः दोहो–याउनुभएको छ ।

प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई गठबन्धनले अगाडि सारेको बताउँदै आगामी दिनमा विपक्षी गठबन्धनलाई दिगो बनाउनको लागि छलफल अघि बढ्ने भनाइ उहाँले राख्नुभएको छ ।

उहाँले वैकल्पिक सरकार गठन हुने वित्तिकै कोभिड–१९ संक्रमण विरुद्धको खोपलाई प्राथमिकता दिइने पनि बताउनुभयो । यस्तै, नेकपा एमालेका नेता माधवकुमार नेपालले देशको भविष्य राम्रो बनाउनतर्फ सबैले सोच्न आग्रह गर्नुभएको छ ।

नेता नेपालले विधि, विधान र अनुशासनमा पाटी, समाज र सबै चल्नुपर्ने विषयमा जोड दिनुहुँदै आगामी दिनमा पनि मूल्य र मान्यताको राजनीति नछोड्ने बताउनुभयो । आफूहरु जनप्रतिनिधि र राजनीतिकर्मी भएको नाताले पनि सबै कुरा कानुन अनुसार चल्नुपर्ने तर वर्तमान परिस्थतिलाई हेर्दा अहिलेको व्यवस्था खतरा उन्मुख रहेको नेता नेपालको भनाइ छ । कतिपय गतिविधिहरुलाई हेर्दा यसले राम्रो सन्देश दिएको छैन, उहाँले आफ्नो धारणा राख्नुभएको छ ।

उहाँले वर्तमान राजनीतिले सुशासन र प्रणालीका सन्दर्भमा युवा पुस्तामा नकरात्मक सन्देश गइरहेको र सकरात्मक नतिजा दिन नसकेको पनि बताउनुभएको छ । पछिल्लो समय विकसित प्रवृत्तिका कारण देश खतरा उन्मुख छ, यसलाई जोगाउनुपर्छ, उहाँले भन्नुभयो । छलफल कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

सम्बन्धित

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com