काठमाडौं, १६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कमिसनकै कारण कोरोना खोप आउन नसकेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार पनि गर्दिनँ, गर्न पनि दिन्नँ’ भने पनि निवर्तमान स्वास्थ्यमन्त्रीले नै कमिसनका कारण खोप आउन नसकेको भनिसकेको उहाँले बताउनुभयो। विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘म दोष त दिन चाहन्नँ, तर प्रधानमन्त्रीको इच्छा विपरित कसरी कमिसन खायो होला ?’
प्रतिक्रिया दिनुहोस्