काठमाडौं, १४ असार । बंगलादेशको राजधानी शहर ढाकामा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको उक्त विस्फोटमा परी थप ५० जनाभन्दा बढी घाइते भएका छन्।बंगलादेशको प्रहरीले दिएको जानकारी अनुसार ढाकाको मोघबजार क्षेत्रको व्यस्त सडकमा उक्त विस्फोट भएको हो। अहिलेसम्म विस्फोट के कारणले भएको हो भन्ने खुल्न सकेको छैन।तर, विस्फोट भएको मुख्य भवनमा खाद्य पसल रहेको थियो। ग्यास लाइन वा ग्यास सिलिन्डर विस्फोट हुनसक्ने अनुमान गरिएको छ।‘अहिलेसम्म के कारणले विस्फोट भयो बुझ्दै छौं। हामीलाई प्राप्त जानकारी अनुसार सात जनाको मृत्यु भएको छ र ५० भन्दा धेरै मानिसलाई अस्पतालमा भर्ना गरिएको छ’, ढाकाका प्रहरी कमिस्नर साफिकल इस्लामले भने।ढाकास्थित एकात्तोर टिभी स्टेशनले घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको जानकारी दिएको छ।विस्फोटका कारण सात वटा भवनमा क्षति पुगेको छ भने तीनवटा बसहरु ध्वस्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्