काठमाडौं, ८ असार । धुलिखेल घर भएकी १५ वर्षीया बालिकालाई काठमाडौंको सुन्धाराबाट ललाई फकाई भक्तपुर पुर्याएर करणी गरेको अभियोगमा धुलिखेलकै वर्ष २३ का जयराम चौंलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका ८ घर भएका चौंलागाईंले सोही स्थानकी बालिकालाई हिजो दिउँसो भक्तपुरमा कर णी गरेको बालिकाकी आमाले दिएको किटानीमा उल्लेख छ ।
बालिकाकी आमाका अनुसार छोरी शनिबार बिहान १० बजेदेखि हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिनुभएको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौंले खोजतलास गर्ने क्रममा उनी हिजो काठमाडौंको सुन्धारामा फेला परेकी हुन् । उनका अनुसार चौलागाईं बालिकाका छिमेकी हुन् । उनले बालिकालाई ललाईफकाई घुम्न जाऔं भनेर असार ५ गते घरबाट भक्तपुर लिएर आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । ‘चौलागाईंले सोही दिन भक्तपुर नगरपालिका ४ स्थित एक गेस्ट हाउसमा खाजा नास्ता खाने बहानामा लगी ललाईफकाई डर धाँक धम्की दिइ करणी गरेको पीडित बालिकाले बताएकी छिन्’, उहाँले भन्नुभयो । प्रहरीले सोधखोज गरेपछि बालिकाले आफूलाई चौंलागाईंले शनिबार भक्तपुरको एउटा गेष्ट हाउसमा खाजा खाने बहानामा कर णी गरेको बताएकी थिइन् । लगत्तै चौंलागाईंलाई पनि प्रहरीले सुन्धारा क्षेत्रबाट पक्राउ गरेर आवश्यक कारबाहीको लागि भक्तपुर पठाएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्