किमाथाङ्का, ७ असार :
कोरोना संक्रमितको मनोबल बढाउन आइशोलेसनमा योग सिकाउन थालिएको छ । पतञ्जली योग जिल्ला कार्यसमित सङ्खुवासभाको आयोजनामा हरेक दिन योगा सिकाउने गरेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा जिल्ला अस्पतालको अस्थायी कोभिड आईसोलेसन वार्डमा कोरोना संक्रमितको मनोबल बढाउन पतञ्जली योगले हरेक दिन योग सिकाउने गरेको छ ।
योग मार्फत श्वासप्रश्वासको अभ्यासलाई प्राथमिकतामा राखिएको प्रशिक्षक छितिज बरालले जानकारी दिनुभयो । कोरोना संक्रमित मात्रै होइन खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ पनि योग सिक्न तुम्लिङटारको आइशोलेसनमा पुग्ने गर्नुभएको छ ।
———
प्रतिक्रिया दिनुहोस्