ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन राष्ट्रिय निकुञ्जमा निषेधाज्ञाले गर्दा हात्ती पाल्नै मुस्किल


एबीसी / संवाददाता


चितवन, ७ असार

।

चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको हो । कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञासँगै पर्यटन व्यवसाय ठप्प छ । 

सौराहामा निजी क्षेत्रका ५५ वटा हात्ती छन् । निजी हात्ती सञ्चालन गर्नेहरुको संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती पाल्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार दैनिक एउटा हात्तीलाई २० किलो धान, सखर, गहुँलगायत खाद्यान्न, दुई क्वीन्टल हाराहारी घाँस पराल र २५० लिटर पानी आवश्यक पर्दछ । सातामा एक पटक नुन, जुकाको औषधिलगायत सामग्री खुवाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा हात्ती पाल्न मासिक रु. एक लाखभन्दा बढी खर्च हुन्छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र घाँस खेर गएको छ, हामीले हात्तीलाई खुवाउन पाएका छैनौं ।” 

कोभिडपछि मात्रै सौराहामा १२ वटा हात्ती विस्थापित भइसकेको उहाँले जानकारी दिनुभयो । व्यवसायीले विस्थापित मात्रै भनेपनि ती हात्ती भाडामा ल्याएका फिर्ता तथा पाल्न नसकेर बिक्री गरेका हुन् । व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रु ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ । ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको व्यापार सम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची—१ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची—१ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन् ।

उहाँले भन्नुभयो, “हात्ती पाल्ने जिम्मेवारी व्यवसायीको मात्रै होइन, यसको दायित्व सबैले वहन गर्नुपर्छ ।” हात्ती विनाको सौराहा कल्पना गर्न नसकिने भन्दै उहाँले सबैको साथ र सहयोग नपाएमा केही वर्षभित्रमा हात्तीविहीन सौराहा बन्ने खतरा भएको जानकारी दिनुभयो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई चितवन राष्ट्रिय निकुञ्जमा पटक पटक आग्रह गरिएको भए पनि चरिचरणको व्यवस्थापन हुन नसकेको बताउनुभयो । रकम तिरेर कुमरोज सामुदायिक वनबाट केही घाँस ल्याएको भए पनि पर्याप्तता नभएको उहाँको भनाइ छ । हात्तीको चरिचरणका लागि राज्यका तर्फबाट सहयोग हुनुपर्ने भट्टराईले बताउनुभयो । स्थानीय तहले हात्ती राखेबापत कर समेत लिने गरेको भन्दै उहाँले कर छुट गराउन समेत पहल गरिएको जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जिल्ला विपद् व्यवस्थान समितिको बैठकमा समेत आफूले निकुञ्जभित्र हात्तीलाई चरिचरणको व्यवस्था गर्न माग गरेको बताउनुभयो । उहाँले जनताको जमिन नदी कटान भएर निकुञ्जतर्फ परेको ठाउँमा समेत चरिचरण गर्न नपाएको भन्दै यस्तै अवस्था रहे सौराहाबाट हात्ती विस्थापित हुने चेतावनी दिनुभयो । हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुङ्गी हेरेर रमाउने गर्दछन् । 

गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले व्यवसायीले चरनका लागि माग गरेको विषय आफूले निकुञ्ज विभागमा लिखित रुपमा पठाएको भए पनि कुनै निर्णय भइनसकेको बताउनुभयो । व्यवहारिक रुपमा हात्ती पाल्न कठिन भएपनि नीतिगत रुपमा हात्तीलाई निकुञ्जमा चरणका लागि ठाउँ दिन नसकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “माथिल्लो निकायबाट निर्णय हुन सकेमा सहज हुन्थ्यो ।”

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com