काठमाडौं, ६ असार । आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश–१, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु वासीले बताउनुभयो ।दिउँसो पनि मौसम बद्ली हुने र धेरै ठाउँमा पानी पर्ने उहाँको भनाइ छ ।
आज दिउँसो प्रदेश-१, प्रदेश-२ तथा वाग्मतीका थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनरचट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको मौसमविद् वासीले बताउनुभयो ।
त्यस्तै आज राती प्रदेश-१, प्रदेश-२ तथा वाग्मती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । ठूलो पानी पर्ने क्षेत्रमा बाढी पहिरोको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अझै केही दिन निरन्तर पानी पर्ने देखिएको पनि महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्