पोखरा, ४ असार ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिनुभएको छ । प्रदेशसभा विश्वासको मत लिने पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिनुभएको छ । त्यस्तै विपक्षमा २७ मत परेको छ ।६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त हुनुभएको छ भने सभामुख मतदानमा सहभागी हुनुभएन ।
प्रतिक्रिया दिनुहोस्