ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावितलाई राहत बाँड्ने होइन, बाढी प्रभावित हुनबाटै रोक्ने तयारीमा सरकार जुट्नुपर्छ (भिडियोसहित)


एबीसी / संवाददाता
असार ४, २०७८ शुक्रबार  १ : ५५ बजे

काठमाडौं, ४ असार ।  जल तथा मौसम विज्ञान विभागले नेपालमा यस वर्ष मनसुन सक्रिय भएको जानकारी दिएसँगै केहि दिन यता परेको लगातारको वर्षाले तराई तथा पहाडको जनजीवन प्रभावित हुन पुग्यो । मनसुनको सुरुवातमै परेको अविरल वर्षाका कारण दर्जनौं बाढीले ज्यान गुमाइसके भने करोडौंको क्षति भइसकेको अवस्था छ । वर्षा हुनासाथ कति बेला कुन बस्ती र बजार पहिरोले थिच्छ, बाढीले बगाउँछ भन्ने चिन्ताले सताउछ आम नागरिकलाई  । वर्षैपिच्छे बाढी र पहिरोमा दर्जनौंको संख्यामा जनताको ज्यान जाने गरेको छ भने सयौं घरखेत बगाएर विस्थापित हुँदै आएका छन् । यो क्रम यस वर्ष मात्रै देखिएको होइन, हरेक वर्ष मनसुनको त्रास जनतामा छ ।

यही असार साउनमा मेहनत गरेर रोपेको धानले वर्षभरीका खानका लागि खेती किसानी गर्ने किसानलाई वर्षायाम त्रासदी बन्ने गरेको छ । कारण हो, विपद् व्यवस्थापनको पूर्व तयारीप्रति सरकारको उदासिनता । वर्षेनी बाढीपहिरोको जोखिम हुने गरेता पनि आप्mना नागरिकको जीउधनको संरक्षण गर्न सरकार असक्षम भइराखेको छ । थाहा हुँदाहुँदै पनि पूर्व तयारीका लागि केही पनि ठोस पहल नगरिनु र ठोस कार्यक्रम नल्याउनुमा सरकार जनताप्रति उदासिन रहेको प्रष्ट देखिन्छ । , विगतको तथ्याङक विश्लेषणका आधारमा यो वर्षको बाढी–पहिरोबाट मुलुकका १८ लाख बासिन्दा उच्च जोखिममा रहने अर्थात विस्थापित हुने आंकलन गरिएको छ । वर्षायाममा बाढी, पहिरोले पिरोल्ने हुनाले विपद्बाट बच्न पूर्वतयारी आवश्यक हुन्छ, तर यस वर्ष पनि पूर्वतयारी फितलो हुदा स्थिती डरलाग्दो बन्ने संकेत देखिएको छ ।

विशेषगरी सानातिना खोला, कुलो र खोल्सा अतिक्रमण गरेर बाटो र भौतिक निर्माण कार्य गर्दा यस्ता बाढी र डुबानका घटना घटेको देखिन्छ । नदि र तटीय क्षेत्रमा अनाधिकृत रुपमा मानवीय संरचना बनाई घना बस्ती बसाल्नु, अव्यवस्थित र अबैज्ञानिक सडक बिस्तारका गर्नुका कारण यस्ता डरलाग्दा घटना घटिरहेका छन् । विपदको पूर्वतयारी, व्यवस्थापन तथा उद्धारका लागि अब सक्रिय हुन अत्यन्तै आवश्यक देखिन्छ । सबै तहका सरकारले समेत विकास गर्दा वातावरणीय प्रभाव मुल्याङकनलाई प्राथमिकता राखेर काम गरे केही जोखिम कम गर्न अवश्य सकिन्छ । मुलुकमा यस वर्षको मनसुन सुरु भएको छ ।

मनसुन सुरु भएसगै बाढि, पहिरो र ढुवानको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरा युक्त हुनसक्ने बताएको छ, अघिल्ला वर्षका तुलनामा यो वर्ष धेरै वर्षा हुने भएकाले बाढी, पहिरोको जोखिम रहेको हो । सधैँ बाढी आउँछ, पहिरो आउँछ भन्ने थाहा हुँदाहुँदै पनि त्यसको दीर्घकालिन समाधानका लागि किन उपाय खोजिन्न ? विपद् व्यवस्थापनको लागि बाढी आउनु् अगाडि नै किन तयारी गरिदैन ? पूर्व तयारीका लागि कुनै पहल नगर्ने अनि बाढी प्रभावितहरुका लागि भनेर केही केजी चामल र केही थान कपडा राहत बाँड्नु मात्रै सरकारको कर्तव्य हो त ? त्यसैले अब सरकार यो भ्रमबाट बाहिर आउनैपर्छ ।

बाढी प्रभावितलाई राहत बाँड्ने होइन बाढी प्रभावित हुनबाटै रोक्ने तयारीमा सरकार जुट्नुपर्छ । होइन भने यस वर्षको सूरुवातीमै सिन्धुपाल्चोक जिल्लामा घटेको घटना पुनः नदोहोरिएला भन्न सकिन्न । केही संचारमाध्यहरु मार्पmत विपदको सामना र पूर्व तयारी गर्ने सूचनामा मात्रै दिएर आफ्नो कर्तव्यबाट सरकार पन्छिनु हुन्न । जनचेतनामूलक कार्यक्रम गर्ने, बाढी पहिरोको पूर्व सूचना दिने सम्पूर्ण भौतिक पूर्वाधारहरु सहितको सूचना केन्द्र स्थापना गर्ने, दक्ष जनशक्ति परिचालन गर्ने लगायतका ठोस कदम चाल्न जरुरी छ । वर्षैपिच्छे प्राकृतिक प्रकोपका कारण जनताले ज्यान गुमाएको टुलुटुलु हेरेर बस्ने, उदार नीति अपनाएको सरकारको नीति पक्कै पनि नहुनुपर्ने हो । तसर्थ जनताको जीवन रक्षाका लागि यथासक्दो चाँडो पूर्व तयारीमा सरकार जुट्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com