काठमाडौँ, ३ असार । बाढीपहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताहरूले माग गर्नुभएको छ ।
नेपाल पक्षका १४ जना स्थायी कमिटी सदस्यले उद्धार र राहतका कार्यहरू थप प्रभावकारी बनाउन माग गर्दै आज विज्ञप्ति निकाल्नुभएको हो । निष्पक्ष र पारदर्शीरूपमा राहत उपलब्ध गराउन पनि सरकारसँग स्थायी कमिटी सदस्यहरूको माग छ। बाढीपहिरोपीडितलाई सहयोग गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप रहेको छ । प्राकृतिक विपत्तिमा परेकाहरूलाई आफ्नो ठाउँबाट सहयोग गर्न पनि उहाँहरूले सबैमा अपिल गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्