ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने


एबीसी / संवाददाता
असार ३, २०७८ बिहीबार  २ : ४९ बजे



क्यान्बेरा, ३ असार –– अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो ।

गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले उमेर बढाएको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको स्पष्ट गर्नुभयो ।
अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको फाइजर खोप लगाउन सिफारिस गरेको छ ।
अस्ट्रेलियामा अस्ट्राजेनिका खोप लगाएका मध्ये दुई व्यक्तिको मस्तिष्कमा रगत जम्ने समस्याबाट मृत्यु भएको आशंका गरिएको छ ।

सर्वप्रथम गत अप्रिलमा अस्ट्राजेनिकाको खोप लगाएकी ४८ वर्षीया एक महिलाको मृत्यु भएको थियो । ती महिलाको मृत्यु भएसँगै सरकारले ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र अस्ट्राजेनिका खोप लगाउन सिफारिस गरेको थियो ।
अस्ट्राजेनिका खोप लगाएका व्यक्तिमा मस्तिष्कमा रगत जम्ने समस्या नदेखिएका व्यक्तिलाई मात्र दोस्रो डोज खोप लगाउन सरकारले अनुरोध गरेको थियो ।
अस्ट्रेलिया सरकारले आफ्ना नागरिकका लागि अमेरिकी खोप उत्पादक मोडर्नाका खोपहरु चाँडै भित्र्याउने योजना बनाएको छ, र यसै वर्षको अन्त्यसम्ममा सबै वयस्क व्यक्तिलाई कम्तीमा एक डोज खोप लगाउने घोषणा गरेको छ ।(एपी)
––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com